सत्तामा पुगेपछि जनतालाई बिर्सन थालेः प्रचण्ड

असोज ३०, चितवन ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ठ पार्टीहरु सत्तामा पुगेपछि जनतालाई बिर्सदै जाने प्रवृत्ती हावी भएको बताएका छन् । नेकपा चितबनले बिहीवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका केन्द्रिय अध्यक्ष प्रचण्डले जनताको उदेश्यप्रति हेलचत्र्याई गरिरहेको बताएका हुन् ।  

जनताले विश्वास गरेर कम्युनिष्ठ पार्टीलाई जिताएका हुन् प्रचण्डले भने ‘सत्तामा पुगेपछि जनताको आर्दश, उदेश्य, दुखसुखलाई बिर्सिएको अनुभुती गरेको छु’ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिष्टमा व्यक्तीवादी चरित्र हावी भएको समेत बताए । 

उनले थपे ‘सत्तामा नपुग्दा सम्म जस्तो सुकै त्याग गर्न हामी तयार हुन्छौँ, सत्तामा पुगेपछि जनताबाट टाढा हुँदै गएका छौं’ । प्रचण्डले जनताको सेवामा निरन्तर लागे कसैले हराउन नसक्ने दावी पनि गरे ।  

‘हामी कम्युनिष्टहरु मिले, जनताको सेवामा तत्पर रहे कसैले हराउन सक्दैन, यसमा गम्भीर भए वर्षौ सम्म जनताको सेवा गर्न पाउँछौ’ उनले भने । फरक प्रसंगमा प्रचण्डले बिभिन्न जातजातिको पर्वहरुले  राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे ।  

एक जातिको पर्व अर्को समुदायले मनाउने क्रम बढेको छ प्रचण्डले भने यसले राष्ट्रिय एकतालाई मजवुद गराउन मद्यत गर्छ । नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सचिवालय सदस्य एवंम् गृहमन्त्री रामवहादुर थापा बादल, नेकपा स्थायी कमिटी सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी लगायत नेताहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *