त्रिविको उपकुलपतिमा कोइराला, बास्कोटा र पौडेलमध्ये को नियुक्त हुने ?
असोज १७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइराला,डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेलकाे नाम सिफारिस गरिएको हो ।
सिफारिस गरिएको तीन नाम मध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको १९ औँ उपकुलपतिमा नियुक्त गर्नेछन् ।
गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो । सोही गठन अनुसार समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले जानकारी दिए ।
उपकुलपतिका लागि सिफारिसमा परेका डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन । त्यसैगरी डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् भने डा. पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन् ।