विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे

असोज २९, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।   

मंगलबार प्रतिस्पर्धी शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन् । पाण्डेले ५८ प्रतिशत मत प्राप्त गरेका थिए भने थापाका नाममा ३७ प्रतिशत मत खसेको थियो । उक्त मतदानमा ५ प्रतिशत मत नो भोटमा खसेको थियो । 

त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् । सिलवालले कर्मा तामाङ र भट्टराईले विजयबाबु सिवाकोटीलाई पराजित गरेका हुन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव आज भइरहेको छ । 

मंगलबारदेखि जनकपुरमा सुरु भएको विवेकशीलको राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्ने विवेकशीलले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =