चिनियाँ राष्ट्रपति सी राष्ट्रपति निवासमा, देउवाले आजै भेट गर्ने

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन फिङ र नेपालका राष्ट्रपति समकक्षी विद्यादेवी भण्डारी विच राष्ट्रपति निवासमा भेटवार्ता भएको छ । कालिमाटी स्थित सोल्टी होटलमा केहि बेर विश्राम गरेपछि राष्ट्रपति सी जिन फिङ राष्ट्रपति निवास पुगेका छन् ।   

उनले त्यहाँ नेपालका राष्ट्रपतिसँग दुई देश विचको आपसी सम्बन्ध, दिर्घकालिन योजना लगायतमा कुराकानी भइरहेको छ । नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका उनलाई समकक्षी विद्यादेवी भण्डारीले नै स्वागत गर थिइन् । स्वागतमा प्रधानमन्त्री केपि शर्मा ओली लगायत उच्च पदस्थ अधिकारीहरु त्रिभूवन विमानस्थल पुगेका थिए । 

सीको राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रीकालिन भोजमा सहभागी भएपछि सी को आजको औपचारिक कार्यक्रम समापन हुनेछ । रात्रिकालिन भोज साढे सात बजे सुरु हुने छ । रात्रिकालिन भोज अघि राष्ट्रपति सी र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग शिष्टाचार भेट हुने छ । 

यसैगरी आज नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि आजै सी जिङ फीङलाई भेट गर्ने कार्यक्रम छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *