सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको मासिक विजेता घोषित

असोज ३०, काठमाडौं । आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।  सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका हुन् ।   

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राहीद्वय तामाङ्ग र नगरकोटी विजेता घोषित भएको बताइएको छ । सेवाग्राहीद्वयले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफर अन्तर्गत उनीहरु दुवैले आफुले पठाएको रकमको चार गुणा बढी रकम प्राप्त गरेका छन् । 

त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह ‘लक्की ड्र’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् । विजेता सवैले आफुले पठाएको रकमको दुई गुणा बढी रकम प्राप्त गरेका छन् । 

 आइएमईले दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको थियो । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (सेप्टेम्बर १ देखि नोभेम्बर १६) सम्म कायम रहनेछ ।   

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत् पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल आठगुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *