काठमाडौँ उपत्यकामा चिसो बढ्यो, उच्च हिमाली भेगमा हिउँ पर्ने

कात्तिक ७, काठमाडौँ । जल तथ मौसम विज्ञान विभागका अनुसार हाल अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदली आएको छ । 

हाल देशको  पश्चिमी भू–भागमा आंसिक बदलि तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहेको छ । आज दिउँसो देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ। 

 मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखले जनाएको छ। पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली भू–भागमा हल्का हिमपातको संभावना रहेको छ। 

null

आज राति देशशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भू–भागमा हल्का हिमपातको संभावना रहेको छ। 

साथै आज देशभर चिसो महसुस गरिएको छ । यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियस रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =