तरूण दल अध्यक्षकाे गर्जन ‘गृहमन्त्री ज्यू एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं’

कात्तिक १०, काठमाडौं । गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि अब गृहमन्त्रीकै छाेराकाे डिएनए परिक्षण गर्नुपर्ने उनकाे तर्क छ ।   

कांग्रेसको भातृसंगठन तरुण दलकाे ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । ‘गृहमन्त्री ज्यूकाे छाेराकै डिएनए परिक्षण नगी हत्यारा पत्ता नलाग्ने अवस्था छ ।’ उनले भने ।   

पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समेत उपस्थित कार्यक्रममा बोल्दै बस्नेतले भने ‘मैले धेरैचोटी भनिसकेको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईंको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाई/तरुण दललाई गलत सावित गर्न एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं ।’ 

Image may contain: 8 people, people smiling, crowd and outdoor

२०७५ साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकिरहेका बेला बस्नेतले यस्तो धारणा राखेका हुन् । 

उनले मुलुकका सबै ठूला आन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिए । तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताए ।   

कार्यक्रममा कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो । तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *