४ लाख नगद सहित ५१ जुवाडे पक्राउ

  

कार्तिक ४, काठमाडाैँ  । देशका फरक-फरक स्थानबाट प्रहरीले गएराती जुवातास खेली रहेकाे अवस्थामा ४ लाख १३ हजार ८ सय ८१ रकम सहित ५१ जुवाडेलाई पक्राउ गरेका छन् 

कैलालीबाट २८ जुवाडे प्रक्राउ 

गएराती विशेष सूचनाको आधारमा कैलालीबाट जुवा खेली रहेको अवस्थामा २८ जुवाडे प्रक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार विशेष सूचनाको आधारमा  कैलाली गोदावरी नगरपालिका ७ लालपुरस्थित वीबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट २८ जना जुवाडेलाई नियन्त्रण लिईएको हो ।   

पक्राउ पर्नेमा गोदावरी नगरपालिका ७ का ३५ वर्षीय टेकबहादुर वली, गोदावरी नगरपालिका ७ का ३६ वर्षीय मानबहादुर सिंह, गोदावरी नगरपालिका ७ का ३६ वर्षीय कृष्ण चन्द, गोदावरी नगरपालिका ७ का ५१ वर्षीय डम्मरबहादुर बोहरा, गोदावरी नगरपालिका ७ का ३९ वर्षीय खडक वली, गोदावरी नगरपालिका ७ का ३२ वर्षीय नरेन्द्र बोहरा,गोदावरी नगरपालिका ७ का २६ वर्षीय केपीबहादुर साँउद, गोदावरी नगरपालिका ७ का ४० वर्षीय प्रेम नेपाली, गोदावरी नगरपालिका ७ का वर्षीय लोकबहादुर साँउद, गोदावरी नगरपालिका ७ का ३९ वर्षीय डिल्लीराज फुलारा, गोदावरी नगरपालिका ७ का ३० वर्षीय हरिष बम, गोदावरी नगरपालिका ७ का ३७ वर्षीय चक्र ऐर, गोदावरी नगरपालिका ७ का ४५ वर्षीय कर्ण चिराल, गोदावरी नगरपालिका ७ का ३९ वर्षीय नरबहादुर थापा, गोदावरी नगरपालिका ७ का ४० वर्षीय रुद्र बम,गोदावरी नगरपालिका ७ का २९ वर्षीय अमर उपाध्याय रहेका छन् ।   

त्यसैगरी गोदावरी नगरपालिका ७ का २९ वर्षीय पदमराज जोशी, गोदावरी नगरपालिका ७  का ३० वर्षीय प्रकाश साँउद, गोदावरी नगरपालिका ७ का  २८ वर्षीय दिपे चोखाल, गोदावरी नगरपालिका ७ का २८ वर्षीय दीपक वली, गोदावरी नगरपालिका ७ का वर्षीय भीमबहादुर साँउद, गोदावरी नगरपालिका ७  का २४ वर्षीय नरेस कार्की, गोदावरी नगरपालिका ८ का १९ वर्षीय  नृप नेपाली, गोदावरी नगरपालिका ७ का ३५ वर्षीय रती वली, गोदावरी नगरपालिका ७ का २३ वर्षीय भरत साँउद, गोदावरी नगरपालिका ७  का ३३ वर्षीय रामबहादुर कठायत, गोदावरी नगरपालिका ७ का ३२ वर्षीय प्रकाश सार्की, गोदावरी नगरपालिका ७ का २६ वर्षीय पुरन साँउद रहको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षिक प्रकाशसिंह कार्कीले जानकारी दिएका छन् । 

उनीहरुलाई  एक लाख ५६ हजार तीन सय ८१ नगदसहित जुवा खेली रहेको अवस्थामा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।   

नवलपरासीबाट  १८ जुवाडे पक्राउ 

गएराति १ः३० को समयमा  जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले १८ जनालाई नियन्त्रणमा लिएको छ । नवलपरासी देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा एक लाख ४२ हजार ९४० रकम सहित प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको  हो । 

दाङबाट ५ जुवाडे पक्राउ   

प्रहरीले  दाङको घोराही उपमहानगरपालिका १५ मिलन चोकबाट पाँचजना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेली रहेको अवस्थामा उनीहरुलाई ७४ हजार पाँच सय रुपैयाँ सहित  पक्राउ गरिएको   दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् ।   

चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नलाई जोड दिंदै आईरहेको छ 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =