महरा प्रकरणः अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्यायो

कार्तिक ९, काठमाडौँ । बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई लागेको आरोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई पठाइएकाे छ। 

बिहिबार मात्र सात दिन म्याद थप भएको महराको प्रहरीले अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिल कार्यालयलाई बुझाईएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।   

यससँगै अब सरकारी वकिल कार्यालयले महराकाे अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने निर्णय गर्नेछ । साथै मुद्धा चल्ने भए कुन अभियोगमा चल्ने अब  सरकारी वकिल कार्यालयनै निर्धारण गर्नेछ ।   

Image result for कृष्णबहादुर महरा

शुक्रबार महरालाई हिरासतमा लिएको २० दिन पुगेको छ । अव ५ दिन भित्र सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ ।  हाल प्रहरी हिरासतमा रहेका महरालाई सांसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेको छ ।   

रोशनीले एक मिडियामा आफूलाई महराले घरमै आई बलात्कार गरेको भन्ने भिडियो सार्वजनिक भएपछी महरालाई असोज १९ गते सरकारी निवासबाट पक्राउ गरिएको थियो । 

पछि रोशनी फेरी आफूलाई महराले कुनै बलात्कार नगरेको र आफू र महराको सम्बन्ध बाबुछोरीको जस्तै भएको भनेर बयान फेरेकी थिईन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *