सी चिनफिङ नेपालबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीको यस्तो ट्वीट

असोज २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको जानकारी दिएका छन् ।   

दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सीको भ्रमण सफल रहेको जानकारी गराएका हुन् । उनले सीको भ्रमणले चीन–नेपाल सम्बन्धले थप गतिशीलता प्राप्त गरेको पनि बताएका छन्। 

उनले लेखेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ।’ 

साथै प्रधानमन्त्री ओलीले सीप्रति आभार व्यक्त गर्दै भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाई सबैलाई धन्यवाद दिए ।   

दुईदिने नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ राष्ट्रपति सी आज दिउँसो स्वदेश फर्किसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =