सिरियामा ३ लाख सर्वसाधारण विस्थापित

असाेज ३० । टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाखभन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ ।   

मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताएका छन् । बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्ने सक्ने पनि उनले थप जानकारी दिएका छन् । 

विस्थापितहरुले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि, कोही बगैचामा सुतिरहेका थिए, भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका भएका अब्देल रहमानले बताएका छन् । उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो । 

Image result for सिरियामा ३ लाख सर्वसाधारण विस्थापित

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *