विप्लवका दाई सहित पक्राउ परेका २१ जनाको नाम सार्वजनिक

असोज ३०, काठमाडौँ । बुधबार राति दाङबाट पक्राउ परेका  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्ताको नाम प्रहरीले सार्वजनिक गरेको छ । 

पार्टीको राप्ती ब्यूरो बैठक चलिरहेका बेला घेरा हालेर नियन्त्रणमा लिएका  ‘विप्लव’का दाई सहित २१ जनाको नाम प्रहरीले सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको नाम यस प्रकार छः  ‘विप्लव’का दाई चन्द्रबहादुर चन्द (वीरजङ्ग) केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज, केशवबहादुर बाँठा मगर (सुवास) राप्ती ब्युरो ईन्चार्ज, रामबहादुर थापा (सुन्दर) राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक, सविन पोख्रेल–राप्ती ब्यूरो कार्यालय सचिव, यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज, प्रदीप वली–जिल्ला सेक्रेटरी, बविन केसी (पाटन, जंगली) युव संगठन नेपाल केन्दीय अध्यक्ष, सुनिल पौडेल–वुद्धिजिवी, एकराज चौधरी–एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य, धनबहादुर बोहोरा (महान) एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी, तिलक पुन–पूर्व जनमुक्ति सेना, सुरज विक–दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष, हितप्रसाद रोका–पार्टी सदस्य,  पोष्टमान घर्ती–रोल्पा जिल्ला सदस्य, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य,  बिष्णु थापा, कुलबहादुर ओली । 

Image result for विप्लव

गोप्य सूचनाको आधारमा प्रहरीले   बुधबार राति करिब १ बजेको समयमा  नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका–४ मुग्रेटाखोला नजिकै रहेको  पार्टीको बैठक चलिरहेको एक घरलाई घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।     

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *