आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने
२०७६ कार्तिक १ गते

कात्तिक १, काठमाडौँ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदली भएको र बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो भने देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागको पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बांकि भू–भागमा मौसम सामान्यया सफा रहनेछ ।
null
२०७६ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








