खाेलाले बगाएर बेपत्ता भएका दुई मध्ये एकको शव फेला

असोज २९, बुटवल । बुधबार नदीले बगाएर बेपत्ता पारिएका २ जना मध्ये एकको शव चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवाको खोल किनारमा भेटिएको छ ।   

खोलाल बगाएर बेपत्ता पारिएका रूपन्देही जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षीय दिपक विकको शव आज दिउँसो भेटिएको हो । उनीसँगैे खोलाले बगाएका अर्की सोही गाउँकी ५ वर्षीय गरिमा विक भने अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उनीहरु मंगलबार दिउँसो गुल्मीको छल्दीखोलाको दोभानमा बगेर बेपत्ता बनाएका थिए भने उनीहरुसँगै बगेका ७ वर्षीय किसान विकलाई भने स्थानीय माछा मार्नेले उद्धार गर्न सफल भएका थिए । 

Image result for खोलाले बगाएर बेपत्ता

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *