१० हजार भन्दा बढी दूध उत्पादन गर्ने कालिकाका कृषक पुरस्कृत

कार्तिक ७, चितवन । चितवनको कालिका नगरपालिकाभित्रका व्यवसायिक दुग्ध उत्पादक कृषकहरुलाई बिहिबार पुरस्कृत गरिएको छ । बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने २५ जना कृषकहरुलाई  पुरस्कर वितरण गरिएको हो । 

गत आर्थिक बर्ष २०७५/७६ मा वार्षिक १० हजार लिटर भन्दा बढी दुध उत्पादन गर्ने कृषकहरुलाई नगद २५ हजार रुपैयाँको दरले पुरस्कर बितरण गरिएको पशु सेवा शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा जम्मा १२ जना कृषकहरुले १० हजार लिटर भन्दा बढी दुध उत्पादन गरेर पुरस्कर वितरण गरिएको थियो ।  

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले किसानहरुलाई पुरस्कार बितरण गरेका थिए । कालिका नगरपालिका वडा नम्बर ४ का नारायण गिरिले सबैभन्दा बढी ५८ हजार ४ सय लिटर दुध उत्पादन गरेका थिए । 

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले कृषि र पशुपालनमा नगरपालिकाले बिशेष प्राथमिकता दिएको भन्दै अघिल्लो वर्ष भन्दा अहिले धेरै कृषकहरु व्यवसायिक भएकोमा खुसी व्यक्त गरे । मेयर श्रेष्ठले कालिकका जनतालाई व्यवसायिक बनाउने सोच अनुसार किसानलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गर्न सुरु गरिएको बताए । नगरवासीलाई व्यवसायिक बनाउन कतै मौरी वितरण गरिएको , पशुपालनमा पुरस्कर वितरण गरिएको मयर श्रेष्ठले बताए । 

कार्यक्रम बोल्ने किसानहरुले डेरिहरुले समयमा भुक्तानी नदिने , बुढो भएको गाईको व्यवस्थापन लगायतको बिषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सुजन ढुङ्गाना , शोभा भट्ट , वडा नम्बर ३ को वडा अध्यक्ष टीका रिजाल , वडा १ को वडा अध्यक्ष कृष्ण श्रेष्ठ , वडा नम्बर ६ को वडा अध्यक्ष बिनोद रेग्मी , वडा नम्बर ७ को वडा अध्यक्ष डिल्लीराम दुवाडि , प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी लगायतले युवापुस्ता पनि व्यवसायिक रुपमा पशुपालनमा लाग्नुपर्ने र दुधको उत्पादन लागत घटाउन घासखेती गर्नुपर्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *