ललितपुरबाट प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने ४ पक्राउ

कार्तिक ९, काठमाडौँ । बिहिबार साँझ ललितपुरबाट प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने  विप्लव समूहका ४ जानालाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीका अनुसार ललितपुरको लुभुमा  प्रधानमन्त्रीको पुत्ला जलान तयार गरिरहेको अवस्थामा ती ४ जनालाई पक्राउ गरिएको हो ।   

पाँचथर घर भई ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा, काभ्रे घर भई ललितपुर महानगरपालिका २८ बस्ने जीतबहादुर खपांगी, भक्तपुर ब्यासी घर भई धापाखेल बस्ने विजेशप्रसाद ढकाल र भोजपुर घर भई काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।  

प्रहरीका अनुसार  घोषित कार्यक्रम प्रधानमन्त्रीको पुत्ला जलाउने उनीहरुको योजना रहेकाे थियो । पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *