नेपालमा सुरू भयाे ओपो रेनोटू एफको बिक्री, कहाँबाट किन्न पाइन्छ ?

कार्तिक ५, काठमाडौ. । ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको बिक्री आरम्भ गरेको छ ।
अक्टोबर १८ देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फस्र्टसेल कार्यक्रम मार्फत विक्रि आरम्भ गरेको हो ।
ओपो रेनोटू एफका लागि आयोजित फस्र्टसेल कार्यक्रममा नायिका तथा ओपो नेपालकी ब्राण्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसँग सेल्फी समेत खिचेकी थिइन् ।

प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।
रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ ईञ्चको मल्टि टच, ३९४ पीपीआईमा २३४०–१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
रु. ४६ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको ओपो रेनोटू एफ कम्पनीले लेक ग्रिन र स्काई ह्वाइट गरि दूई आकर्षक रंगमा उपलब्ध छन् । स्मार्टफोन नेपालभर रहेका प्रमुख बिक्री केन्द्रबाट उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।








