एन आई सी एशिया र वर्ल्डलिङ्कबीच सम्झौता

  

असोज ३०, काठमाडौँ ।  एन आई सी एशिया बैंक र वर्ल्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।   

सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले आगामी आश्विन ३० देखि कात्र्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

साथै वर्ल्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।  

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वर्ल्डलिङ्कको तर्फबाट वर्ल्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *