गैंडाकोटको थुम्सिमा सवारी दुर्घटना, २ जनाको मृत्यु

नवलपुर,१२ कार्तिक। नवलपुरमा बस र मोटरसाइकल ठक्कर खादा दुईजनाको मृत्यु भएको छ ।गैंडाकोट नगरपालिका ९ थुम्सिमा गएराति पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ६६३७ नम्बरको बस र विपरीत दिशामा आउदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको थियोे । 

दुर्घटना परि मोटरसाइकलमा सवार गैडाकोट ७ का प्रकाश सापकोटा र सन्तोष जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका दुवैजनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *