यस पटककाे दशैंमा पनि वर्षा पर्दैछ, आजबाट तीन दिन वर्षा हुने अनुमान

असाेज १९, काठमाडाैं । यस पटककाे दशैं हिले दशैं नै हुने भएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट काठमाण्डौ उपत्यकासहित देशको मध्य तथा पूर्वी भू भागमा र पश्चिमी भूभागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना रहेको छ ।   

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसममा अहिले आंशिक बदली छ । मध्य र पूर्वका केही ठाउँमा हल्का पानीसमेत परिरहेको छ । दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली बिहार हुँदै पूर्वी नेपालबाट भित्रिएकाले पानी पर्ने सम्भावना बढेको हो ।   

महाशाखाले टीकाको दिनसम्म नै हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । तीन दिनसम्मको मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबार, सोमबार र मंगलबार टिकाको दिन पनि हल्का पानी पर्ने जनाएको हो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *