सभामुख महराद्वारा राजीनामा

असोज १४, काठमाडौँ ।  संसद सचिवालयकै महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।   

उनीमाथी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रकाे दबाब बढेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । तर उनले भने निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् ।  यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलायमा बसेको बैठकमा  महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिने निर्णय गरेको थियो ।   

 सभामुख महरामाथी यौनदुर्व्यवहारकाे आरोप  ती महिलाले लगाए पनी तर महराले भने यस कुराको खण्डन गर्दै आफूले कुनै ती महिलालाई यौनदुर्व्यवहार नरेको भन्दै दावी गरेका थिए । यसै सम्बन्धमा उनले सोमबार एक विज्ञप्ती जारी गरेका थिए जसमा यी महिलाले लगाएको आरोप  यी कपोलकल्पित, सत्यता नभएको उल्लेख गरिएको थियो ।   

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *