सभामुखमाथीकाे आरोपकाे निष्पक्ष छानविन गर्न कोइरालाकाे माग

असोज १४, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथी लागेको   यौनदुर्व्यवहारको आरोपकाे निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका हुन् ।  महामन्त्री कोइरालाले भने  ‘सभामुखमाथि गम्भीर आरोप लागेको छ । यसमा निश्पक्ष छानविन होस् ।’ 

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानविन गरेर आवश्यक निर्णय लिनुपर्ने बताए । 

Image result for महामन्त्री डा.शशांक कोइराला

सभामुख कृष्णबहादुर महरामाथी  संसद सचिवालयकै महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछी महराले मंगलबार आफ्नो पदबाट राजीनामा समेत दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *