महरालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै माइतीघरमा प्रर्दशन

असोज १४, काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै राजधानीमा प्रर्दशन गरिएको छ । संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको हो ।   

मंगलबार दिउँसो माइतीघर मण्डलामा महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै स्वतन्त्ररुपमा आएकाहरुले प्रदर्शन गरेका हुन् । 

उनीहरुले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । महरामाथि चौतर्फी  दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी आजै राजीनामा पत्र बुझाएका छन्। महराको करणी काण्डले नेकपा भित्र भूँइचालो गएको छ ।   

पूर्व नेकपा एमालेका अधिकांश सांसद तथा पार्टीका केन्द्रिय सदस्यहरुले उनको पार्टीबाट समेत राजीनामा आउनुपर्ने माग गर्ने मनस्थितिमा रहेका छन् । एक केन्द्रिय सदस्यले यौन विचलन भएकाहरुलाई पार्टीले जोगाइ राख्न नहुने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *