मापसे गरेर लामो दूरीको बस चलाउने ६ चालक पक्राउ

असोज १९, काठमाडौं । महानगरीय प्रहरी बृत्त थनाकोटले मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ६ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  असोज १६, १७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरुलाई प्रहरीले नागढुंगा, थानकोट लगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।   

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले पक्राउ पर्नेमा काठमाडौं बाट सर्लाही तर्फ जाँदै गरेको ना ४ ख ४८०७ नं को बस चालक सर्लाही मलंगवा न.पा २ बस्ने बाबु राम राय, काठमाडौं बाट नारायणगढ तर्फ जाँदै गरेको बा ३ ख ७३१४ नं को माईक्रो बसका चालक चितवन रत्ननगर न.पा  १२ घर हुने पुष्पराज वाग्ले, सवारी चालक राम राय रहेका छन् ।   

Image result for मापसे गरेर लामो दूरीको बस चलाउने ६ चालक पक्राउ

यसैगरी काठमाडौं बाट गौर तर्फ जाँदै गरेको ना ५ ख १७४० नं को बसका चालक बारा गढिमाई न.पा. २ घर हुने बर्ष ५५ को पुर्ण बहादुर राई, काठमाडौंबाट बिरगंजतर्फ जाँदै गरेको ना ३ ख ९८९६ नं को गाडीका चालक मकवानपुर हाडिखोला  १ घर हुने वर्ष राम प्रसाद उप्रेती, काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ७ ख ४९११ नं को बस चालक जिल्ला सिन्धुपाल्चक पेटुक ५ बस्ने जनक बहादुर भण्डारी, काठमाडौंबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ३०४१ नं को भाडा माईक्रो बस गाडीका चालक रुपन्देही तेरवानी ५ का राम कृष्ण पाण्डे रहको प्रहरीले बताएकाे छ । 

मापसे गरेर सार्वजनिक यातायात चलाएको कसुरमा पक्राउ गरेका विरुद्ध सार्वजनिक जनहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाएको थानकोट प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *