२५ वर्षे पप स्टार सुली घरमै मृत फेला

असाेज २८, काेरिया ।  कोरियाली पप स्टार सुलीको २५ वर्षको उमेरमा मृत्यु भएको छ । पुलिसका अनुसार गायिकाका म्यानेजरले उनलाई दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेका थिए । 

पुलिसले उनको मृत्युको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको छ र उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी पप स्टार उनी ब्यान्ड f(x)  की पूर्व सदस्य हुन् । सन् २०१५ मा अभिनय क्षेत्रमा प्रवेश गरेपछि उनले ब्यान्ड छोडेकी हुन् । 

वास्तविक नाम चोय जीन–री भएकी उनले अनलाईनमा हिंसा भोगेका कारण के–पपको काम छोडेको धेरैले बताउने गरेका छन् । संगीत पत्रकार टेलर ग्लास्कीका अनुसार उनी स्वतन्त्र स्वभावकी थिइन् । 

‘उनले आफूले चाहेको अनुसार जीवनयापन गर्ने निधो गरिन् जसलाई सर्वसाधारणले खासै पचाएनन्,’ उनले रेडियो वान न्यूजबीटलाई भनिन् । दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ । 

सुलिलाई धेरैले विवादास्पद व्यक्तिको रुपमा हेर्ने गर्दथे । उनले आफ्ना प्रशंसकलाई आफ्नो शरीर कसरी देखाउने भन्ने कुरामा आफ्नो निर्णय हुने उनी बारम्बार बताउने गर्थिन् । 

उनी ‘नो ब्रा’ स्क्यान्डलमा पनि समावेश भइन् जहाँ उनले विभिन्न कार्यक्रममा थुप्रै पटक ‘निप्पल’ पनि देखाएकी थिइन् । उनको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो जसमा उनले अत्यधिक आलोचना खेप्नु परेको थियो । 

अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो जसले पुनः दक्षिण कोरियाभरी विवाद निम्त्याएको थियो । सुलि के पप स्टार जोङ्गह्युनकी निकै मिल्ने साथी हुन् । जोङ्गह्युनले २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए । सुलि सन् २०१७ मा उनको अन्तिम संस्कारमा सरिक भएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *