महरालाई ३ दिनको म्याद, म्याद थपपछि पुनः अस्पतालमै फर्काइयो

असोज २८, काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

थप अनुसन्धानका लागि म्याद थप गर्न महरालाई आज  काठमाडौं जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको हो ।   

न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अनुसन्धानको लागि अदालतसँग १३ दिनको समय मागेको थियो । आजसम्मका १० दिनको  पनि जोडिने गरी  अदालतले ३ दिनको म्याद थप गरेको हो 

अव ३ दिनको म्याद थप पछी महरालाई अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ । 

प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि हाल नर्भिक अस्पतालमा उपचाररत महरालाइ म्याद थप पछि पुनः अस्पताल फर्काइएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *