यौन दुर्व्यवहारको काण्डमा मुछिएका महराले फिर्ता दिए सरकारी सुविधा

असोज १६, काठमाडौँ । यौन दुर्व्यवहारकाे काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । 

सांसद सचिवालयकै महिला कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोप लागेपछी गत मंगलबार राजीनामा दिएका महराले आफूले पदमा रहदा उपभोग गर्दै आईरहेको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् ।   

उनले  बा२झ १२६८ नम्बरको गाडी  र उनको सुरक्षाका लागि  खटिएका क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षा बललाई फिर्ता गरेका हुन् । उनले आफूले पदमा रहँदा उपभोग गर्दै आईरहेको गाडी भने संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् । 

Image result for सभामुख कृष्णबहादुर महरा

महरामाथी सांसद सचिवालकै कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिईन् तथापी उनले आरोप लगाएको भोलिपल्टै उनीमाथी महराले कुनै यौन दुर्व्यवहार नगरेको  र महरा र आफूको सम्बन्ध बाबु र छोरीको जस्तो भएको उनले भनिएको भिडियो सार्वजनिक भएको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *