१६ तोला बढी सुनसहित दुई जना पक्राउ

असोज १५, काठमाडौँ । प्रहरीले १६ तोलाभन्दा बढी वैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले सुराकीको आधारमा अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।   

महानगरीय प्रहरी वृत्त किर्तिपुरका डीएसपी छेदलाल कामतीले दुवैवाट अवैध सुन आउँदै छ भन्ने सूचना प्राप्त हुना साथ जिल्ला नवलपरासी देवचुली नगरपालिका ११ का वर्ष ४० का धुर्वबहादुर दलामी र जिल्ला बाग्लुङग जयमानी नगरपालिका २ घर भई काठमाडौँ बस्ने वर्ष २५ का निरबहादुर परियारलाई सुनसहित पक्राउ गरिएको बताए । 

प्रहरीले त्रिभुवन विमान स्थलबाट सुन पास भईसकेपछि उनीहरुको साथवाट दुईदुई वटा सुनको बाला १६ तोला १४ लाल अन्दाजी १२ लाख बराबरको काठमाडौँको चावाहिलबाट सुनसहित नियन्त्रणमा लिएको डीएसपी कामतीले जानकारी दिए । 

null

प्रहरीले सुनसहित अनुसन्धान पश्चात राजस्व कार्यलय पुलचोक पठाएको किर्तिपुर प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *