भरतपुरबाट २० जना जुवाडे पक्राउ, चार लाख बढी नगद बरामद

चितवन , ११ कार्तिक ।  चितवनको भरतपुरबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट प्रहरीले ४ लाख  १२ हजार ४ सय रुपैयाँ बरामद गरेको छ।  

भरतपुर महानगरपालिका वडा नम्बर १४ महेन्द्र चोकबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । महिनी पार्टी प्यालेसमा कौडा खेलिरहेका उनिहरुलाई गएराती पक्राउ गरिएको र उनीहरुको साथबाट नगद ३ लाख ८४ हजार १ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीले चितवन जिल्ला भरतपुर ८ बस्ने बर्ष ४२ को कुल बहादुर भुजेल ,भरतपुर १५ बस्ने बर्ष ३५ को किशन बहादुर आले , भरतपुर १४ बस्ने बर्ष ४४ को मदन हरि अधिकारी ,भरतपुर १४ बस्ने बर्ष ५१ को सुशिल सिलवाल ,भरतपुर ६ बस्ने बर्ष ५० को कृष्ण हरि धिताल , भरतपुर ८ बस्ने बर्ष ३८ को बिष्णु प्रसाद देवकोटा , भरतपुर १५ बस्ने बर्ष ३० को सागर पौडेल ,भरतपुर १४ बस्ने बर्ष ४९ को हरि प्रसाद पौडेल ,भरतपुर १४ बस्ने बर्ष ४६ को अन्तराज पोख्रेल ,भरतपुर १४ बस्ने बर्ष ५४  को अनन्त अधिकारी ,भरतपुर १५ बस्ने बर्ष २६ को जलन मगर , बर्दिया जिल्ला बांसबारी ५ बस्ने बर्ष ४४ को राम बहादुर घर्तीलाई पक्राउ गरेको हो ।  

 त्यस्तै प्रहरीले गएराती नै भरतपुर महानगरपालिका ३ कमलनगरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । कमलगर स्थित शान्तिदेवीको घरमा डेरा गरि बस्ने शिवजि यादव र सुधीर महतोको कोठामा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २८ हजार ३ सय रुपैया बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकल समेत बरामद गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *