नेकपाले टुंगो लगायो चितवनमा उम्मेदवार

कात्तिक १० चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा चितवनले उम्मेदवार टुंगो लगाएको छ । चितवनको भरतपुर १६ तथा खैरहनीको ४ र ५ मा हुने उपनिर्वाचनका लागि नेकपाले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । नेकपा चितवनका अध्यक्ष यम वहादुर परियारका अनुसार खैरहनी वडा नम्वर ४ बाट वेद वहादुर अधिकारी र खैरहनी ५ बाट पुननारायण प्रधानलाई उम्मेदवार बनाईएको छ । स्थानीय स्तरबाटै सर्वसम्मत उम्मेदवार चयन भएको हो ।   

त्यस्तै भरतपुर १६ मा भक्तराज हमालले उपनिर्वाचन लड्ने भएका छन् । नेपाली कांग्रेसले यसअघि तीन वटै वडामा आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ । नेकपाले निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २ सय ५१ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरको छ ।   

त्यस्तै नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावल संयोजक र अन्जन तिमिल्सीना उपसंयोजक रहेको १ सय ५१ सदस्यीय भरतपुर महानगरपालिका वडा नं १६ निर्वाचन परिचालन कमिटि गठन गरेकाे छ ।   

null

त्यसैगरी खैरहनी नगरपालिका वडा नं ४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि र खैरहनी नगरपालिका वडा नं ५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *