पुरानो पर्सामा कुमारी बैंकको शाखा स्थापना

असोज १६, चितवन ।  कुमारी बैंक लिमिटेडले चितवनको खैरहनी ६ स्थित पुरानो पर्सामा शाखा बिस्तार गरेको छ । काठमाडौमा प्रधान कार्यालय रहेको सो बैंकले ११० औं शाखाको रुपमा पुरानो पर्सामा शाखा स्थापना गरेको हो । 

सो शाखाको विहीवार एक कार्यक्रमकाबीच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे । बैंक उद्घाटन गर्दै मेयर चौधरीले बाेनस र नाफा मात्र नहेरी सेवा ग्राहीलाई फाईदा हुने गरी काम गर्न सुझाव दिए । सेवाग्राहीले रकम राख्दा कम व्याज तर लोन झिक्दा बढी व्याज तिर्नु पर्ने बाध्यता रहेको भन्दै यि दुईको व्याज अन्तर घटाउनु पर्ने मेयर चौधरीको भनाई थियो । 

 मेयर चौधरीले पुरानो पर्सामा अरु बैंक नभएकाले नगरको वडा नम्वर ६ र ७ बाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता सोही बैंकबाट बितरण गर्ने बताए । पुरानो पर्साको अस्तित्व जोगाउन कुमारी बैं कको भूमिका महत्वपूर्ण हुने उनको विश्वास थियो । 

उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष नयाँ पर्सामा बैंकहरुको आगमन बढ्दो रुपमा रहेका बेला पुरानो पर्सामा बैंक स्थापना हुनु गर्भको विषय रहेको बताए । केही समय पछि कुमारी बैंक लिमिटेडले नयाँ पर्सामा समेत शाखा बिस्तार गर्ने तयारी गरेको कुमारी वैंक सौराहा शाखा प्रबन्धक धनपति लामिछानेले बताए । उद्घाटन कार्यक्रम पुरानो पर्सा शाखा प्रवन्धक रिता ढकालको अध्यक्षतामा भएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *