प्रधानमन्त्रीले देखेको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथः मन्त्री बाँस्कोटा

असोज ३०, काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथ पाएको बताएका छन् ।   

उनले बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलनमा यस्तो बताएका हुन् ।   

हालै चिनियाँ राष्ट्रपति सी जिन पिङले गरेको नेपाल भ्रमणमा ओलीले भूपरिष्ठितबाट भूजडित बनाउने सपना देख्दै आएकोमा यसमा सी जिन पिङको बलियो साथ पाएको मन्त्री बास्कोटाले बताएका हुन् । 

Image result for सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा

उक्त पत्रकार सम्मेलनमा  उनले चीनका राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रुपमा सफल भएको समेत बताएका छन् । उनले भने  ‘भ्रमण सफल होइन, ऐतिहासिक रुपमा सफल भएको छ। हाम्रो नजिकको छिमेकी राष्ट्र र संसारकै महाशक्ति राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमणपछि नेपाल हिनताबोधी भएर बस्नुपर्ने अवस्थाको अन्त भएको छ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *