डोजर पल्टिँदा सहचालकको मृत्यु

असाेज १४, दैलेख ।  जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।   

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । 

‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।” रासस 

Image result for डोजर पल्टिँदा

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *