प्रहरी कार्यालय भित्र रक्सीका बोतल, तस्बिर खिच्ने पत्रकार नियन्त्रण

  

असोज ३०, चितवन । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतल भेटिएको छ । सेवाग्राही जाने शौचालय नजिक बिभिन्न ब्रान्डका रक्सीका बोतल फलिएका छन् । 

रक्सीको बोतलहरु देखेपछि तस्बिर खिच्ने क्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । करिब ४५ मिनेट प्रहरी कार्यालय भित्र राखेर रिहा गरेको पत्रकार शर्माले बताए ।  

प्रहरीले पत्रकार सुर्य बराललाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्बिर समेत प्रहरीले जबरजस्ती डिलिट गरेको छ । प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए ।  

यस बिषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले आफुलाई केहि जानकारी नभएको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *