एन आई सी बैंक र सस्तो टिकेटस् प्रा.लि. बीच सम्झौता

कार्तिक ४, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रा. लि.बीच एक सम्झौता भएको छ ।   

यस बैंक र सस्तो टिकेटस् प्रा. लि.बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको हो ।   

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईन मार्फत् भुक्तानी गर्न सक्नेछन् ।  

Image result for एन आई सी बैंक

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी र सस्तो टिकेटस् प्रा. लि.को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरेका छन् । यस बैंकले देशभर  ३१० शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *