१२ करोड भन्दा बढी रकम सहित ५ पक्राउ

कार्तिक ४, काठमाडौँ । प्रहरीले  १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।   

रुपन्देहीको सैनामैनाबाट अवैध  १० लाख  युरोसहित  सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत फेला पारिएको प्रहरीले जनाएको छ । 

उक्त १० लाख युरो  नेपाली १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताईएको छ । बरामद गरिएको सो रकम हाल राष्ट्र बैंक पठाइएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिएका छन् ।  

पक्राउ परेकामाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *