भिटेन बिरुद्ध मुद्दाः ‘हामी यस्तै त हो नी ब्रो’ युट्युबबाट हट्यो

कार्तिक ७, काठमाडौँ । चर्चित र्यापर तथा गायक  समिर तामाङ  भिटेन बिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । 

उनले गाएका  ‘हामी यस्तै त हो नि ब्रो’गीतमा प्रयोग भएको अश्लील शब्द र उनको आधिकारिक फेसबुक अकाउन्टबाट पोष्ट गरिएको  प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिरका कारण उनी पक्राउ परेका थिए । 

पक्राउ परे लगतै भिटेनले अश्लील र आपत्तिजनक शब्द भएको उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाई सकेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहिबार बिहान जाउलाखेलबाट नियन्त्रणमा लिएको हो ।  त्यस गितमा भिटेनले प्रहरीलाई गाली र अपशब्द प्रयोग गरेको महाशाखाको दावी रहेको छ । 

Related image

प्रहरीका अनुसार हाल उनलाई अभद्र व्यवहारको मुद्दा चलानको लागि महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *