कटुवा पेस्तोलसहित नागढुंगाबाट २ जना पक्राउ

१४ असोज, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको नेतृत्वको वाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट सुनसरीको धरानका २४ वर्षीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई पक्राउ गरेको हो । 

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको बताए । 

 थापाका अनुसार महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *