राष्ट्रपति पाँच दिनको लागि म्यानमार प्रस्थान: हेलिकप्टर चढेर पुगिन् एयरपोर्ट

असोज २९, काठमाडौँ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनको भ्रमणको लागि म्यानमार प्रस्थान भएकी छिन् । 

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा म्यानमारको राजकीय भ्रमणका लागि  उनी असोज २९ (आज) देखि कात्तिक ३ गतेसम्मको लागि म्यानमार प्रस्थान भएकी हुन् ।   

राष्ट्रपति भण्डारी शितल निवासबाट हेलिकप्टरमा चढेर  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । राष्ट्रपति निकिँदा राष्ट्रपतिका कारणले सडक जाम हुने भएकोले सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेर बिमानस्थल पुगेको बताईएको छ । 

Image result for राष्ट्रपति पाँच दिनको लागि म्यानमार प्रस्थान

उनलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारी पुगेका थिए ।  राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेको बताईएको छ । 

बुधबार  राष्ट्रपतिको प्रतिनिधिमण्डल नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्ने बताईएको छ ।  राष्ट्रपति भण्डारीसँग म्यानमार स्टेट काउन्सिलर आङ  सान सु चीले भेट गर्नेछिन् । 

म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।  भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *