तिहारमा यसरी बनाउनुहाेस् घरमै मिठो सेलरोटी

कार्तिक ७ ।  हिन्दुहरूको दोश्रो ठुलो चाड तिहारको चहलपहल अहिले सुरु भइसकेको छ । तिहार नजिकिदै जाँदा बजारमा किनमेल गर्नेदेखि लिएर घर घरमा गुलिया र चिल्ला परिकार पकाउनेहरूको चहलपहल सुरु भएको छ । 

 झिलिमिलीको पर्व भनिने तिहारको विशेष परिकार हो, सेलरोटी । सेलरोटी प्राय: सबैलाई मन पर्छ तर, पकाउन भने थोरैलाई मात्र आउँछ ।  

यसरी सजिलै सेलरोटी बनाऊ : 

Image result for सेलरोटी

सेलरोटी बनाउन चाहिने भाँडा : सेल पकाउँदा राम्रोसँग तैरिने खालको गाहिरो र सम्म पिँध भएको कराई या ताई, एक फिट लामो बाँसका दुई मोटो सिन्का । सेल रोटी पकाउँदा तयारी पिठो कराईमा सजिलै संग खन्याउनका लागि पानीको बोतललाई आधा काटेर मुखतिरको भाग, सेल राख्ने नांग्लो । 

सेलरोटी बनाउन चाहिने सामाग्री : आवश्यकता अनुसार चामलको पिठो । मैदा एक कप, रोटि फुलाउनका लागि खाने सोडा, पानी अथवा दुध, घ्यु दुई कप, चिनी दुई कप, एक लिटर खाने तेल, मन भए अलिकति अंलैची, ल्वाङ्ग तथा काजु राख्न सकिन्छ । 

बनाउने बिधि : चामललाई राम्ररी पखालेर रातभर भिजाउने, भोलिपल्ट चामलबाट पानी हटाउने र थोरै थोरै गर्दै दुई चम्चा चिनी र एक चम्चा घिउ हाल्दै सिलाउटो वा ग्रान्डरमा पिनेर पिठो बनाउनु पर्छ । पिठो राम्रो र ललिसो हुनुपर्छ । यसरी नै सबै चामल पिसिसकेपछि पिठोमा आधा कप मैदा हालेर बिस्तारै थोरै–थोरै पानी राख्दै मज्जाले मोल्नु पर्छ ।  

धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । तातेको कराईमा भाँडोको दुई इन्च माथिसम्म आउनेगरी तेल राखेर, तेल तात्न दिनु पर्छ । अब तातेको तेलमा काटेको बोलतको सहायताले मुछेको पेस्टलाई गोलो आकार हुने गरेर हाल्नु पर्छ । सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनु पर्छ । यसरी बिस्तार विस्तार तातो सेलरोटी तयार हुनेछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *