जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुने विप्लवको चेतावनी

कार्तिक १, काठमाडौँ । आफ्ना कार्यकता पक्राउ परेर आक्रोशित भएका  नेत्रविक्रम चन्द ‘विप्लव’ले नेता कार्यकर्ता पक्राउको घोर प्रतिवाद गर्ने चेतावनी दिएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावन दिएका हुन् ।   

विप्लवले ओली नेतृत्वको सरकार जनवादी शक्तिविरुद्ध दिनप्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी र फासीवादी बन्दै गएको आरोप लगाएका छन् । 

सो पार्टीका महासचिव विप्लवले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,  राप्ती ब्युरोको बैठक र राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट राति २ बजे आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु ‘सामाजिक फासीवादी’ कार्य भएको टिप्पणी गरेका छन् । ‘उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ,’   

Image result for विप्लव

उक्त विज्ञप्तीमा  ‘कठिनाई, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताको यो मुल्य चुकाएर नै महान् उदेश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । जस्ता कुराहरु लेखिएको छ ।   

साथै विज्ञप्तीमा  हामी हरेक गद्दारी ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरु स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्ने छैन । जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । जस्ता कुराहरु जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।   

प्रहरीले गत  बुधबार राति करिब १ बजेको समयमा गोप्य सूचनाको आधारमा  नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका–४ मुग्रेटाखोला नजिकै रहेको  पार्टीको बैठक चलिरहेको एक घरलाई घेरा हालेर  विप्लवका दाई सहित २१ जनालाई नियन्त्रणमा लिएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *