चितवनमा डेढ लाख नगद सहित ८ जना जुवाडे पक्राउ

कार्तिक ३, चितवन । चितवनमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ अमनचोक स्थित  शिवलाल कुमालको घरमा गएराति तास खेलिरहेकाहरुलाई प्रहरी पक्राउ गरेको हो ।  

उनीहरुको साथबाट प्रहरीले १ लाख पचासहजार पचहत्तर रुपयाँ र  एक बुकतास बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले भरतपुर म.न.पा. ११ बस्ने बर्ष ३२ को रुपेश कुमाल , सोही स्थान बस्ने बर्ष ३३ को सुबिन कुमाल , बर्ष ३६ को प्रेम पाख्रिन, बर्ष ३५ को उमेश गुरुङ , बर्ष २६ को साजन कुमाल , बर्ष ३५ को सागर कुमाल , चितवन जिल्ला ईच्छाकामना गाँउपािलका ७ बस्ने बर्ष ३७ को राम ब. मगर, सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरापालिका ११ बस्ने बर्ष ३४ को यम थापामगरलाई पक्राउ गरेको हो । 

Image result for जुवाडे पक्राउ

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *