मन्त्रिपरिषद्का निर्णय सार्वजनिकः यस्ता छन् निर्णयहरु

कार्तिक ७, काठमाडौँ । बिहिबार बसेको बैठकमा सरकारले मन्त्रिपरिषद्का १७ निर्णयहरु सार्वजनिक गरेको छ ।   

सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का १७ निर्णयहरु सार्वजनिक गर्दै गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।   

त्यसैगरी सरकारले चालू आर्थिक वर्ष २०७६/७७ का लागि धानको न्‍यूनतम मूल्‍य प्रति क्विन्टल मोटा धानको २५ सय ३२ रुपैयाँ र मध्‍यम धानको २६ सय ७३ रुपैयाँ तोक्‍ने निर्णय गरेको छ।  सरकारले नेपाली सेनाका लेखा उपरथि भुवन बहादुर क्षेत्री अधिकारी र आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ।   

Image result for मन्त्रिपरिषद्का निर्णय सार्वजनिकः

त्यसैगरी नेवार समुदायले भाईटिका १३ गते मनाउने माग गरेपछी सरकारले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।   

यस्तै नारायणहिटी राजदरवार संग्रहालय र गणतन्त्र स्मारक संग्रहालय सञ्‍चालन विकास समिति गठन आदेश २०७६ स्वीकृत गर्नुको साथै  काठमाडौं उपत्यकाभित्रको तार व्‍यवस्थापन गर्न नेपाल दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिइएको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *