पब्लिक क्याम्पस संघ अध्यक्षमा सञ्जेल निर्वाचित

कार्तिक ४, काठमाडाैँ ।  नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । 

आइतवार सम्पन्न संघको ११औं महाधिवेशनबाट प्रतिस्पर्धी सत्रुघ्न प्रसाद गुप्तालाई पराजीत गर्दै सञ्जेल अध्यक्षमा निर्वाचित भएका हुन् । नव निर्वाचित अध्यक्ष सञ्जेल त्रिवि सिनेटर तथा ललितपुरस्थित जनभावना क्याम्पसका क्याम्पस प्रमुख हुन् । 

देशभरका ५ सय ३२ सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको अधिवेशनबाट ४३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा डा. अम्बु भवानी कार्की, प्रदिप कुमार कटुवाल र रामभक्त सिग्देल निर्वाचित भए । 

त्यसैगरी, महासचिवमा मुक्तिराम पाण्डे, उप महासचिवद्धयमा नारायणप्रसाद पौडेल र गोविन्दबहादुर कार्की तथा कोषध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् । 

नवनिर्वाचित अध्यक्ष सञ्जेलका अनुसार प्रदेश संयोजकहरूमा प्रदेश १ वाट सुदूरपश्चिम प्रदेशसम्ममा क्रमशः रमेशचन्द्र रोक्का, प्रभु राउत पटेल, सागरमणि तिवारी, महाप्रसाद हडखले, मित्रलाल न्यौपाने, वकिल बस्नेत र जगदीश भट्ट निर्वाचित भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *