पत्थरीको अपरेशन गराउँदा बिरामीको मृत्यु, आफन्त भन्छन्– डाक्टरको लापरवाही

असोज ५, काठमाडौं । चाबहिल स्थित ओम अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । 

पत्थरीको अपरेशन गराउँदा धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको मृत्यु भएको हो ।   

शुक्रबार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । त्यसको ६ घण्ट बित्न नपाउँदै बिरामीको मृत्यु भएको आफन्तले बताएका छन् ।   

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको उनीहरुको आरोप छ । अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) दाबी गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =