खैरहनी र राप्तीमा शिक्षक, विद्यार्थी, विद्यालयलाई सम्मान

भाद्र २२, चितवन ।   चितवनको खैरहनी र राप्ती नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अर्न्तराष्ट्रिय साक्षरता दिवस आईतवार मनाएका छन् । 

 दिवसका अवसरमा  नगर भित्रका उत्कृष्ठ विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । खैरहनी नगरपालिकाले नगर भित्रका उत्कृष्ट सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय, ति विद्यालयमा अध्यापनरत शिक्षकहरु र विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले जानकारी दिए । 

सामुदायिक विद्यालय तर्फ गवै माध्यमिक विद्यालय र संस्थागत विद्यालय तर्फ सैनिक आवासीय महाविद्यालय घोषित भएको थियो ।  सोही अवसरमा विषयगत उत्कृष्ठ शिक्षकहरु, माध्यमिक शिक्षा परिक्षा,आधारभूत शिक्षा उर्तिण परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सम्मान तथा शिक्षा दिवसको अवसरमा आयोजित मावि स्तरीय लोक नृत्य प्रतियोगिता र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको पौडेलले वताए । उनीहरुलाई नगर प्रमुख लालमणी चौधरी, उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सम्मान प्रदान गरेका थिए ।   

 शिक्षा दिवसकै अवसरमा राप्ती नगरपालिकाले पनि नगर भित्रका उत्कृष्ट विद्यालय , उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिवसका अवसरमा आयोजित निवन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।  नगर भित्रका विद्यालय मध्ये सामुदायिक तर्फ व्रह्मनगर मावि र संस्थागत तर्फ विद्या मेमोरियल वोडिङ उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको नगरपालिकाका स्थानीय शिक्षा अधिकारी शम्भु प्रसाद पौडेलले जानकारी दिए । 

दिवसको अवसरमा विद्यालयका सहयोगी, लेखापाल, वाल विकास शिक्षक, प्राथमिक शिक्षक (महिला, पुरुष)  विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई सम्मान गरिएको उनले वताए ।  यस्तै गत वर्षको आधारभूत शिक्षा उर्तिण परिक्षाको नतिजाको आधारमा उच्च सिकाई उपलव्धी गर्ने सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षकहरु, गत वर्षको माध्यमिक शिक्षा परिक्षाको आधारमा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरु, अवकास प्राप्त शिक्षक २ जना, शिक्षा शाखाका अधिकृत हुमकान्त अधिकारीलाई सम्मान गरिएको स्थानीय शिक्षा अधिकारी पौडेलले वताए ।  

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामाले दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरे । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =