कुमारी बैंक र उपाय सर्भिसेसबीच सहकार्य

असाेज ७, काठमाडाैँ ।  कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडले व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ ।  

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।   

यसका साथै बैंकका कर्मचारीहरुको बिश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिबृद्धीका लागि बिभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने सम्बन्धी समेत उक्त कम्पनीसँग सम्झौता भएको छ । 

सो सहमति अनुरूप कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेजबाट लिने सेवाहरुमा विशेष छुट सहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युुटी जेनेरल म्यानेजर  मनिष तिमिल्सिना र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट जेनेरल म्यानेजर राजु के.सी. ले हस्ताक्षर गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *