चितवनमा दिउँसै ३ वटा मोटरसाइकल चोरी

भदौ १७, चितवन । चितवनमा तीजको दिन ३ वटा मोटरसाइकल चोरी भएको छ । सोमबार एकैदिन दिनदहाडै ३खवटा मोटरसाइकल चोरी भएको हो । भरतपुरबाट दुईवटा र पूर्वीचितवनको रत्ननगरबाट एउटा मोटरसाइकल चोरी भएको हो । 

भरतपुरको सप्तगण्डकी चोक नजिकबाट बा ९५ प ७५४१ नम्बरको यामाहा कम्पनीको एफ जेड एस र भरतपुरको रमाइलो चोकबाट ना ६२ प ९५०० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो ।   

त्यस्तै पूर्वीचितवनको बकुलहर चोक नजिकबाट  ना ६४ प २९०३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको छ । चोरी भएको मोटरसाइकलहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *