गैरे भए वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष

असोज ८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्ष पदमा विष्णु गैरे  बिजयी भएका छन् ।   

अध्यक्ष पदमा निर्वाचित भएका नेपाली कांग्रेस निकटका  गैरेले निर्वाचनमा ३ सय ३० मत प्राप्त गरी बिजयी हासिल गर्न सफल भएका हुन् । 

उनी  प्रतिद्वन्द्वी सत्तारुढ दल निकटको गठबन्धनका उम्मेदवार सरोज पोखरेललाई ४७ मतले पछि पार्दै अध्यक्ष पद हासिल गर्न सफल भएका थिए । उक्त निर्वाचनमा पोखरेलले  २सय ८३ मत मात्रै प्राप्त गरेका थिए ।   

वैदेशिक रोजगार व्यवसायी संघकाे अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद गैरेसहित सबै पदाधिकारी निर्वाचित

पोखरेललाई पछी पारेका गैरेले अव २ वर्षको लागि अध्यक्ष पदको कार्यभार सम्हाल्नेछन् ।  वुधबार विहान समाप्त भएको मत गणनामा १७ सदस्यीय कार्यसमितिका पदाधिकारी सबै पदमा कांग्रेस प्यानलका उम्मेदवार बिजयी भएका हन् ।   

निर्वाचनमा कुल ६१९ मत खसेको थियो। संघको पूर्व उपाध्यक्ष समेत रहेका गैरे नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष समेत हुन् ।   

प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै कमल तामाङले प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेलाई हराउँदै ३ सय ८१ मत प्राप्त गरी बिजयी भएका थिए भने पाण्डेले जम्मा २ सय ३० मत मात्र प्राप्त गरेका थिए ।   

द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल विजयी भएका थिए। मल्लले ३सय २२ मत ल्याउँदा उनको निकटम प्रतिद्वन्द्वी मुक्तिनाथ अधिकारीले २ सय ८७ मत ल्याएका थिए। 

तृतीय उपाध्यक्षमा भने किशोर कुमार केसी बिजयी भएका छन्। किशोरले ३ सय ६० मत प्राप्त गर्दा उनको निकटम प्रतिद्वन्द्वी अख्तर हुसेनले २ सय ४४ मत ल्याएका थिए। महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै सुजितकुमार श्रेष्ठ निर्वाचित भए। उनले ३ सय ८८ मत ल्याउँदा नेकपा प्यानलका उम्मेदवार रामचन्द्र गिरिले २सय २३ मत प्राप्त गरे। 

सचिव पदमा  ३ सय ३३ मत प्राप्तगरी मेघनाथ भुर्तेल विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी सन्जु गुरुङले २सय ७३ मत मात्र ल्याई हार व्यर्होनु परेको छ ।   

कोषाध्यक्षमा ३ सय ६७ मत प्राप्त गरी इन्दिरा गुरुङ विजयी भएकी छिन् । जबकी उनकाे प्रतिद्वन्द्वी तेजुमाया लिम्बूले २३८ मत प्राप्त गरेकी थिइन्। 

सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल बिजयी भएका हुन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *