विप्लवका छोरा प्रकाश पक्राउ

भाद्र २५, काठमाडौँ । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द सहित १७ जनालाई प्रहरी पक्राउ गरेको छ ।   

चितवन मेडिकल कलेजमा आन्दाेलनमा उत्रेका प्रकाशसहित १७ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको हो । केहि दिन अघीदेखी  चितवन मेडिकल कलेजका विद्यार्थीहरु विभिन्न माग राखी आन्दोलनरत गर्दै आईरहेका छन् । जसको अगुवाइ प्रकाश प्रकाशले गर्दै आईरहेका थिए ।   

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि नियन्त्रणमा लिर्ईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

Image result for विप्लवका छोरा प्रकाश

हाल प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *